प्रिय अभिभावकज्यूहरु,
१. खाद्यान्नले बालबालिकाको मानसिक र मस्तिस्कको विकासमा ठुलो भुमिका खेलेको हुन्छ त्यसैले आफ्ना नानीहरुलाई प्याकेटमा राखेको खानेकुरा खान पूर्णरूपमा बन्देज लगाउनु होला । कोदो फापर ओखर गाजर हरियो सागसब्जी, गेडागेडीको रस फलफूल खान प्रोत्साहन गर्नुहोला ।
2. आफ्ना छोराछोरीलाइ अरु कसैसंग तुलना गरेर गालिगर्ने काम गर्दै नगर्नुहोला । फलानाको छोराछोरी यस्ता उस्ता तँ चाहि कामै नलाग्ने नभन्नु होला । यसले बाल मस्तिस्कमा नकरात्मक असर गरि पठन पाठनमा बाधा गर्ने मात्र होइन उनिहरु हिस्रक समेत बन्न पुग्छन् ।
3. छोराछोरीहरुलाई तिमीमा अपार क्षमता छ तिमी सजिलै यो काम पार लाउछौ भनेर सधैं हौसला दिनुहोला, सानोसानो काममा पनि स्यावासी दिनुहोला । उनिहरुको साथी संगती , ब्यवहार, रहन सहन मा एकदमै चलाख बन्नुहोला ।
4. छोराछोरी लाई आवस्यकता भन्दा बढी र्खच दिंदै नदिनुहोला ।
5. छोराछोरीले गरेको काममा अव्जस नलगाउनु होला, तैले गरेको भएन भन्दै नभन्नु होला । उसले सुधार्नु पर्ने पक्ष भए आहा! कति राम्रो बनाएको अव अलिकति मेहेनत गरेत सबैभन्दा राम्रो हुन्छ तिम्रो भनेर प्रोत्साहन गर्नु होला ।
6. छोराछोरी संगै बस्नुहोला, खेल्नु होला उनिहरुका कुरा ध्यान दिएर सुन्नु होला । नानीहरु लाई पढ़ भनेर आफू मोबाइल हेर्ने काम गर्दै नगर्नु होला ।
7.तपाईहरु आ-आफ्ना छोराछोरी पढ्ने विद्यालयमा कम्तिमा महिना को एक पटक अवस्य जानुहोला । उनिहरुको ब्यवहारमा आएको परिवर्तन शिक्षकहरुलाई सुनाउनु होला । शिक्षकहरु बाट एक महिनाको प्रगति विवरण लिनु होला
8. छोराछोरी विद्यालय जानुभन्दा अगाडी गृहकार्य गरे नगरेको, ज्यामिती बक्स क्यालकुलेटर जस्ता आवश्यक सामाग्री लगे नलगेको हेरेर अनिवार्य पठाउनु होला ।
9. नानीबाबुहरुलाई बेलुका ढिलोमा ९.३० मा सुताई सक्नुहोला र विहान चार बजे उठ्ने बानी बसाल्नु होला ।
10. आफूले सुन्नेगरी आवाज निकालेर पढ्न लगाउनु होला । कृपया यो तपाईको जिम्मेवारी हो पालन गर्नुहोला ।
बालवालिका कस्ता बनाउने भन्नेकुरा शिक्षक र अभिभावकका हातमा हुन्छ सबैले मनन गरौं ।
