श्री जनकल्याण माध्यमिक विद्यालय

तत्कालिन नेपाल अधिराज्यबाट देशका विभिन्न भागमा गएको बाढी, पहिरोको चपेटामा परेका नेपाली जनताहरु तथा सुकुम्बासीहरुरलाई नेपाल सरकारले वि.सं. २०२७ साल देखि वस्ती विकास गर्ने योजना अनुरुप तत्कालीन नेपाल पुनर्वास कम्पनी लिमिटेड शिवसरोजस्थल कञ्चनपुरको स्थापना गरी विभिन्न वस्तीहरुको विकास गर्ने क्रममा केही वस्तीहरु २०२७ सालमा र केही वस्तीहरु जनमतसंग्रहको परिणाम पछि २०३७, २०३८ र २०४० सालमा साविकका, पराशन गा.वि.स., त्रिभुवनवस्ती गा.वि.स., वाइसीविचवा गा.वि.स., र कालिका गा.वि.स.हरुमा वस्ती विकास गरी व्यवस्थित ढङ्गले बसोवास गराइएको थियो । तत्कालिन श्री ५ को सरकारले वस्ती विकास गर्न योजनाबद्ध तरीकाले थालनी गरेकोले प्रत्येक वस्तीमा खानेपानीका धारा (पम्पसेट), १८ महिनासम्म रासनको व्यवस्था, प्रत्येक गाँउमा ४ विगाह जमीन, सहित ५ कोठे विद्यालय भवन निमार्ण गरी हस्तान्तरण गरेको पाइन्छ । यसै क्रममा पछिल्लो समयमा वस्ती विकास गर्दा अझै योजनाबद्ध रुपमा बसालेको पाइन्छ । प्रत्येक परिवारलाई आवासको लागि ५ कठ्ठा तथा कृषीकोलागि २ बिगाह जमीन, कृषीमल, चारैतिर बाटोको प्रबन्ध, रासनको प्रबन्ध, तथा खानेपानीमा देखिन सक्ने रोगहरु र सुझाव सल्लाहका लागि J.T.A. रहने गरी J.T.A. क्वाटर समेत नेपाल पुनर्वास कम्पनीद्वारा नै मिलाइएको थियो । यस कार्यका लागि तत्कालीन सरकारलाई पुनर्निर्माण तथा विकासका लागि अन्तराष्ट्रिय बैंक (International Bank For Reconstruction and Development) ले सहयोग गरेकोले यस विद्यालय भएको क्षेत्रलाई I.B.R.D. क्षेत्र पनि भन्ने गरिन्छ ।

सहायताको लागि हामीलाई कल गर्नुहोस्

९८४८७८४०४४

श्री जनकल्याण माध्यमिक विद्यालय
श्री जनकल्याण माध्यमिक विद्यालय
श्री जनकल्याण माध्यमिक विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।