विद्यालयको शैक्षिक अवस्था यस विद्यलय वि.सं. २०४७ सालमा स्थापना भएको तर शैक्षिक विकासमा आफ्नो स्थापनाको छोटो अवधीमा शैक्षिक तह बृद्धि गर्न अन्य विद्यालयको तुलनामा अग्र पंक्तिमा छ, २०४७ सालबाट पठन पाठन प्रारम्भ भएको विद्यालय २०६५ साल सम्ममा तत्कालिन उच्च माध्यामिक परिषदद्वारा सम्बन्धन प्राप्त गरी कक्षा ११ र १२ सम्म सञ्चालनमा ल्याउन सफल रह्यो । कमजोर भौतिक र आर्थिक अवस्थाका बाबजुत पनि शैक्षिक गुणस्तर अरु विद्यालय सरह औसत गुणस्तर कायम राखेको छ, बजार क्षेत्र त्यसमा पनि संस्थागत विद्यालयहरुको बाक्लो उपस्थिती तथा आम अभिभावकहरुको संस्थागत विद्यालय प्रतिको लगावका कारण विद्यार्थी संख्या पातलो हँुदै जाने क्रम नेपालका प्रत्येक सामुदायिक विद्यालयमा जस्तै यस संस्थालाई पनि त्यस समस्याले पिरोलेको छ ।
विद्यालयले विषयगत शिक्षकको अपर्याप्तता, जनशक्तिको अभावसँग जुझ्दै विद्यालयले विभिन्न वर्षहरुमा सञ्चालन हुने S.L.C./SEE परीक्षा तथा कक्षा ११, १२ का वोर्ड परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये अधिकांश विद्यार्थी उत्तीर्ण गराउन सफल रहेको छ, विषयगत शिक्षकको अपर्याप्तता, दरबन्दीको अभाव र कमजोर आर्थिक अवस्थाबाट गुज्रिदै जान बाध्य भएपनि शैक्षिक अवस्था अन्य विद्यालयको तुलनामा सन्तोषजनक परिणाम दिन सफल भएको छ ।
विद्यालयको आर्थिक अवस्था
विद्यालयको आर्थिक अवस्था कमजोर रहेको यसको पृष्ठभूमीमा नै उल्लेख भएकोे छ । विद्यालय स्थापनाको छोटो अवधीमा नै विद्यालयले तह थप गर्न सफल भएको छ, तह सगैँ भौतिक अवस्थाको थप र शिक्षक कर्मचारी थप गर्नुपर्ने बाध्यकारी अवस्थालाई सकि नसकी धान्नुपर्ने अवस्था एकातिर छ भने आर्को तर्फ विद्यालयको आम्दानीको श्रोत भनेको जमीन हो, विद्यालयको जमीन कागजातमा त छ तर वास्तविकतामा जमीन अतिक्रमित छ, विद्यालयले साध सीमाना छुट्टाउन विद्यालयका तर्फबाट धेरै प्रयासहरु भए तर सबै प्रयासहरु निरर्थक बने । विद्यालयको जमीनको सम्बन्धमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारसम्म पहल गर्दा पनि एक तहले अर्को सरकार वा तहको जिम्मेवारी हो भनी टार्ने कार्य बाहेक केही उपलब्धी हुन सकेको छैन ।
विद्यालयलाई शैक्षिक गुणस्तर कायम राख्न विद्यालयको महत्वपूर्ण पक्ष मानिने यस पक्षको आर्थिक अवस्थानै हो, विद्यलयको भौतिक वातावरण सुदृढ गर्न विषय शिक्षकको व्यवस्थापन गर्न, वर्तमानको तीब्र गतीलाई आत्म साथ गर्न पनि आर्थिक व्यवस्थापन मजबुत हुनु पर्दछ । तर यी सबै कुरावाट अधिकाश सामुदायिक विद्यालयहरु विमुख भएको परिस्थिति हो भने यसै संकटको चपेटामा यस विद्यालय पनि परेको छ । अपर्याप्त दरबन्दीका कारण विषयगत शिक्षकको व्यवस्थापन तथा विद्यालयको साना तिना मर्मत सम्भारका कार्यहरु गर्न विद्यालयले थेग्न नसक्ने भार परेको छ । उपयुक्त बमोजिमका समस्याहरु निदानका लागि विद्यालयसँग सम्बन्धित सरोकारवालहरु अभिभावक, विद्यार्थी, वि.व्य.स., शि.अ.सं. नागरिक अभियन्ताहरु लगायत दातृ निकायहरु, नगरपालिका प्रदेश सरकार, संघिय सरकार तथा अन्तर्राष्ट्रिय संघ सस्थाहरु एकताबद्ध भएर विद्यालयको आर्थिक अवस्था सुदृढ बनाउने तर्फ कार्य योजनाका साथ अगाडि बढ्न बढाउन जरुरी छ ।
विद्यालय रहेको समुदायको बनोट
यो विद्यालय पुनर्वास नगरपालिका वडा न.३ स्थित आई.बि.आर.डी. बजारको पश्चिममा रहेको यस बिद्यालयको वरिपरी विभिन्न जात जातिका मानिसहरु बसोबास गर्दछन । यो ठाँउमा जनजाती तामाङ को बाक्लो बस्ती छ । यहां विशेष गरी तामाङ समुदायका मानिसहरु बस्छन भने थारै मात्रामा अन्य जातका मानीसहरु बरोबास गर्दछन । आर्थीक स्थिति बलियो बनाउन यस समुदायका मानीसहरु आजभोली वैदेशिक रोजगारमा समेत गएको देखिन्छ । तामाङ समुदायको बाहूल्यता भएता पनि यस विद्यालयमा क्षेत्रि, वाहुन, दलित, थारु, चौधरी आदि सबै जातजातिका विद्यार्थीहरु अध्ययन गर्न आउछन ।