यस जनकल्याण मा.बि. विद्यालयको सर्वाङ्गीण पक्षको बिकासको लागी स्थानिय तह, प्रदेश तह र केन्द्रिय तह (सघं) को निरन्तर साथ र सहयोगको लागि सम्बन्धित कार्यलयहरुको ध्यानाकर्षण गरि आर्थिक र शैक्षिक लाभको पहुचको लागि सदैब तयार रहेने छु । यस विद्यालयको शैक्षिक गतिबिधिलाई उच्चतम तहमा लिन बाल केन्द्रित शैक्षिक निति, गरेर सिक्ने, अधिक्तम प्रदर्शन र अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता राखिएको छ । शिक्षक कर्मचारी, प्र.अ., वि.व्या.स., पि.टि.अ. र अभिभावकहरुको एकरुपता साथै विद्यालयको ऐतिहासिक, सामाजिक, भौतिक, आर्थीक र शैक्षिक पक्षको विस्तृत जानकारीका साथै आगामि वर्षमा शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरु गरिएका छन ।
यस विद्यालयसँग सम्बन्धित शिक्षकस्टाफ, कर्मचारीमित्र, अभिभावकवर्ग, विद्यार्थी, वि.व्य.स पदाधिकारी तथा स्थानीय एवं प्रदेश सरकारका जनप्रतिनिधिहरु, शिक्षापे्रमी, उद्योगी व्यापारीगणहरुसँग आवश्यक सरसल्लाह र परामर्श गरी विद्यालयका सम्पूर्ण गतिबिधिको मौजूदा अवस्था, निर्माण र सुधारका लागि अति शुक्ष्म ढंङ्गले अध्ययन गरी सकेसम्म बढी मेहनतका साथ प्राप्त सल्लाह र सुझावलाई समेटी यस विद्यालयको शैक्षिक तथा सम्पुर्ण पक्षहरुको विकास निर्माण कार्य गरिएको छ । यस कार्यमा खटिने शिक्षक, कर्मचारी मित्र आवश्यक राय सल्लाह र सुझाव दिनुहुने वि.व्य.स का अध्यक्ष लगायत पदाधिकारीज्यूहरु, स्थानीय तह, प्रदेश सरकारका जनप्रतिनिधिहरुको सहयोगको लागि, म विद्यालयको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।