schooljks419@gmail.com 9848784044
Shree Janakalyan Secondary School श्री जनकल्याण माध्यमिक विद्यालय.Shree Janakalyan Secondary School Punarbas 3, I. B. R. D. स्थापना 2027 BSPunarbas 3, I. B. R. D. Est. 2027 BS
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

श्री जनकल्याण माध्यमिक विद्यालय.Shree Janakalyan Secondary School

About school
हाम्रो कथाOur story

विद्यालयको बारेमाAbout school

तत्कालिन नेपाल अधिराज्यबाट देशका विभिन्न भागमा गएको बाढी, पहिरोको चपेटामा परेका नेपाली जनताहरु तथा सुकुम्बासीहरुरलाई नेपाल सरकारले वि.सं. २०२७ साल देखि वस्ती विकास गर्ने योजना अनुरुप तत्कालीन नेपाल पुनर्वास कम्पनी लिमिटेड शिवसरोजस्थल कञ्चनपुरको स्थापना गरी विभिन्न वस्तीहरुको विकास गर्ने क्रममा केही वस्तीहरु २०२७ सालमा र केही वस्तीहरु जनमतसंग्रहको परिणाम पछि २०३७, २०३८ र २०४० सालमा साविकका, पराशन गा.वि.स., त्रिभुवनवस्ती गा.वि.स., वाइसीविचवा गा.वि.स., र कालिका गा.वि.स.हरुमा वस्ती विकास गरी व्यवस्थित ढङ्गले बसोवास गराइएको थियो ।

Following the devastating floods and landslides that affected various parts of the erstwhile Kingdom of Nepal, the Government of Nepal initiated a settlement development project starting in 2027 BS (approx. 1970–1971 CE). Under this plan, the then Nepal Rehabilitation Company Limited was established in Shivasarozsthal, Kanchanpur, to develop various settlements. While some settlements were established in 2027 BS, others followed after the referendum in 2037, 2038, and 2040 BS within the former Village Development Committees (VDCs) of Parashan, Tribhuvanbasti, Baichibachwa, and Kalika, organized in a systematic manner. Since the then His Majesty's Government initiated the settlement program systematically, each settlement was provided with water pumps (tube wells), 18 months of food rations, 4 bighas of land per village, and a 5-room school building that was handed over upon completion. Subsequent settlement phases were organized even more systematically: each family received 5 katthas of residential land, 2 bighas of agricultural land, agricultural fertilizer, surrounding access roads, rations, and the provision of a Junior Technical Assistant (JTA) quarter established by the Nepal Rehabilitation Company to provide advice and manage potential waterborne diseases. Because this development was supported by the International Bank for Reconstruction and Development (IBRD) for reconstruction and development, the area where this school is located is commonly referred to as the "I.B.R.D. Area."

तत्कालिन श्री ५ को सरकारले वस्ती विकास गर्न योजनाबद्ध तरीकाले थालनी गरेकोले प्रत्येक वस्तीमा खानेपानीका धारा (पम्पसेट), १८ महिनासम्म रासनको व्यवस्था, प्रत्येक गाँउमा ४ विगाह जमीन, सहित ५ कोठे विद्यालय भवन निमार्ण गरी हस्तान्तरण गरेको पाइन्छ । यसै क्रममा पछिल्लो समयमा वस्ती विकास गर्दा अझै योजनाबद्ध रुपमा बसालेको पाइन्छ । प्रत्येक परिवारलाई आवासको लागि ५ कठ्ठा तथा कृषीकोलागि २ बिगाह जमीन, कृषीमल, चारैतिर बाटोको प्रबन्ध, रासनको प्रबन्ध, तथा खानेपानीमा देखिन सक्ने रोगहरु र सुझाव सल्लाहका लागि J.T.A. रहने गरी J.T.A. क्वाटर समेत नेपाल पुनर्वास कम्पनीद्वारा नै मिलाइएको थियो । यस कार्यका लागि तत्कालीन सरकारलाई पुनर्निर्माण तथा विकासका लागि अन्तराष्ट्रिय बैंक (International Bank For Reconstruction and Development) ले सहयोग गरेकोले यस विद्यालय भएको क्षेत्रलाई I.B.R.D. क्षेत्र पनि भन्ने गरिन्छ ।

वि.सं. २०४० सालमा वस्ती बसाले पछि वस्ती बिकास गर्नेकार्य नेपाल पुनर्वास कम्पनीद्वारा स्थगीत भएपनि शहरी वस्तीको लागि घडेरी वितरण गर्ने नितीअनुसार यस विद्यालय बजार क्षेत्रमा अवस्थिती हुन पुग्यो । वि.सं. २०४६ मा I.B.R.D. बजार क्षेत्र भनी घडेरी वितरण गरे पश्चात् वि.सं. २०४७ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनीद्वारा पहिल्यै निर्माण भएको J.T.A. क्वाटरमा विद्यालय सञ्चालन गर्न बजार बासी उत्साहित बनी श्री चन्द्रबहादुर मगरको अध्यक्ष्यतामा वि.व्य.स. गठन गरी स्थानीय व्यक्तिद्वारा निःशुल्क पठनपाठन प्रारम्भ भएको र २०४८ सालका विद्यालयले प्राथमिक तहको कक्षा १ को अनुमती र स्वीकृत गरेको पाइन्छ । त्यस पछि क्रमशः २०४९ मा कक्षा २, २०५० मा कक्षा ३ हुदै २०५१ मा ४, २०५२ मा ५ मा गरी कक्षा ५ सम्मको स्वीकृती प्राप्त गर्यो ।

वि.सं. २०५३ देखि आम बजारबासी समुदाय, शिक्षक, राजनैतिककर्मी, वि.व्य.स.का पदाधिकारी ज्यूहरुको दृढ इच्छाका कारण नि.मा.वि. तहका कक्षाहरु सञ्चालन गर्ने तयारी पूरा गरी २०५४ मा कक्षा ६, ७ र ८ को अनुमती प्राप्त गरी २०५६ मा स्वीकृत समेत प्राप्त गर्यो । पुनः यस विद्यालयलाई कम्तीमा पनि मा.वि. तह सम्मको अध्ययन अध्यापन गर्ने विद्यालयको रुपमा स्थापित गर्नु पर्दछ भन्ने मान्यता बोकी मा.वि.का कक्षा ९ र १० सञ्चालन गर्नको लागि बजारबासी, स्थानीय निकायको सहयोग र भौगोलिक सुगमता सबै पक्षको साथ र सहयोगले २०५८ साल देखि कक्षा ९ र १० क्रमशः सञ्चालनमा आएको देखिन्छ ।

प्राथमिक तहसम्मको भौतिक पूर्वाधार तयार रहेको विद्यालय नि.मा.वि. र मा.वि. सम्म कक्षा सञ्चालन गर्नुपर्ने आफैमा चुनौतिपूर्ण कार्य थियो नै, त्यसमा पनि विषयगत शिक्षकको व्यवस्थापन, भौतिक पूर्वाधारको निर्माण गर्नुपर्ने थप जिम्मेवारीका कारण विद्यालयको आर्थिक अवस्था दिनानुदिन खस्कदै ठूलो समस्यामा परेको देखिन्छ । यस बीचमा नेपाल सरकारद्वारा गठीत सुकम्बासी आयोगले यस क्षेत्रमा २०५४÷०५५ तिर कार्य गरिरहेको अवस्थामा विद्यालयसँग जोडिएको जमिन र प्लटसँग जोडिएका सधियारहरुसँग छलफल गरी पुनर्वास कम्पनी अन्तर्गतको ऐलानी जमीन आधा चलन भोग गरीरहेका सधियारहरुलाई आधा विद्यालयले दिने किसिमको सहमतीका आधारमा विद्यालयको नाममा फिल्डबुक गराउने कार्य भयो तर सधियारहरुको अकर्मण्यता तथा तत्कालिन अवस्थामा देश पुरै द्वन्दको चपेटामा परेको अवस्थालाई अवसरको रुपमा प्रयोग गरी जमीन छुट्टाउने पहल हुँदाहँदै पनि द्वन्दको कारण प्रहरी प्रशासन उपीस्थति हुन नसकेकोले २०५७ को प्रयास पनि सफल हुन सकेन ।

हाल स्थानीय निकायको पुनर्वास नगरपालीकाको न्यायिक समितिमा समेत विद्यालयले उजुरी गरी सबै सधियारहरुलाई बोलाई छलफल गर्दा समेत उल्टै विद्यालय प्रशासन लगायत व्यक्तिगत रुपमा विद्यलयका प्र.अ. र वि.व्य.स.का पदाधिकारीहरुलाई धम्की दिने जस्ता कार्यहरु सधियारहरुबाट हुँदै आएकोले जमीन छुट्टाउने कार्यको सफलता हासिल गर्न सकेको छैन ।

एकातिर विद्यालयको आर्थिक अवस्था दिनानुदिन खस्कीदो अवस्थाको बाबजुद पनि विद्यालयले वि.सं. २०६५ साल देखि तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदद्वारा कक्षा ११ र १२ को शिक्षा, सामाजिक तथा व्यवस्थापन समूहका ३ समूहहरुको सम्बन्धन प्राप्त गरी थप बोझ विद्यालयले उठाएको हुँदा विद्यालयको आर्थिक अवस्था अत्यन्त जर्जर र नाजुक बन्दै गएको छ । विद्यालयको प्राथमिक तह देखि उच्च मा.वि. तहसम्मको दरबन्दी तथा विषयगत दरबन्दीको अपर्याप्तता तथा विद्यालयको निजीश्रोत कोषबाट विषयगत शिक्षकको व्यवस्थापन, विद्युत खानेपानी तथा फर्निचर निर्माण, पुनर्निमाण जस्ता कार्यहरुमा विद्यालयको आर्थिक अवस्थाले नभेट्ने भएकोले विद्यालय चरम आर्थिक अवस्थाको अभावबाट गुज्रीन पुगेको छ । मिति २०८१र०८र०५ गते तत्कालिन प्रधानाध्यापक रामनारायण कंडेलले राजिनामा दिएपछि मा.बि. द्धितिय श्रेणिका शिक्षक श्री विनोद कुमार के.सी.ले त्यस उप्रान्त यस विद्यालयका प्रधानाध्यापकको रुपमा विद्यालय संचालन गर्दै आउनुभएको छ ।

उपर्युक्त भौतिक अवस्था बाहेक विद्यालयको जमीन ०,२४,८०० वर्ग मिटर क्षेत्रफलमध्ये झण्डै २÷३ विघा जमीन अतिक्रमणमा परी ठूलो आर्थिक समस्यामा परेको छ र सोको जग्गाधनी पूर्जा बनाउन विद्यालयलले पटकपटक प्रकृया अगाडि बढाएको तर सम्बद्ध निकायबाट प्रभावकारी रुपमा अगाडि बढाउन कठिनाई परिरहेको छ ।

यो विद्यालयमा कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा न. ३ स्थित आई.बि.आर.डी. बजारको पश्चिमतर्फ अवस्थित छ । यस विद्यालको पुर्व तर्फ आई.बि.आर.डी बजार, पश्चिम तर्फ राधाकृष्णा मन्दिर, उत्तर तर्फ श्री एस. पि. एल. एकेडेमी र दक्षिण तर्फ पुनृर्वास नगरपालिका वडा नं. ४ को जनकबस्ती पर्छ र उत्तर तर्फ विद्यालय देखी लगभग ३ कि.मी.को हाराहारीमा भारतीय बसही बजार अबस्थित छ । विद्यालयको खेलमैदानको अप्रयाप्तताका कारण विद्यालयको पश्चिम तर्फ रहेको जमिलाई खेलमैदानका रुपमा प्रयोग गरीदै आएको छ । हाल आएर यस विद्यालमा ६ वटा लेण्टर सहितका पक्की भवन र १ वटा कर्कट पाता भएको पक्की भवन र १ वटा कर्कट पाता भएका सभा हल गरि जम्मा ८ वटा भवनमा २५ वटा कोठाहरु छन । जस्मा १ वटा कार्यालय, १ वटा कम्प्युटर कोठा र १ वटा पुुस्तकालय रहेका छन । विद्यालयको हाता भित्र खेल मैदान र दक्षिणतिर पर्खाल र पुर्व तिर मुख्य गेट रहेका छन । भौगोलीक दृष्टिकोणले यो विद्यालय बजारको समिपमा पर्दछ ।

Although the Nepal Rehabilitation Company halted settlement development activities after 2040 BS, the policy of distributing plots for urban settlements positioned this school right within the market area. Following the distribution of plots in the I.B.R.D. market area in 2046 BS, enthusiastic local residents in 2047 BS initiated free teaching-learning activities inside the previously constructed JTA quarter under the leadership of a School Management Committee (SMC) chaired by Mr. Chandra Bahadur Magar. By 2048 BS, the school obtained formal permission and approval for Primary Level Grade 1, subsequently expanding to Grade 2 in 2049 BS, Grade 3 in 2050 BS, Grade 4 in 2051 BS, and Grade 5 in 2052 BS. Driven by the strong desire of the local market community, teachers, politicians, and SMC officials to upgrade the school, preparations were completed to run Lower Secondary classes, leading to permission for Grades 6, 7, and 8 in 2054 BS and formal approval in 2056 BS. Guided by the vision that the school should at least provide Secondary Level education, and with the collective support of market residents, local bodies, and favorable geographical conditions, Grades 9 and 10 came into operation starting in 2058 BS.

Transitioning a school with primary-level physical infrastructure to operate Lower and Secondary classes was inherently challenging, especially given the difficulties of managing subject-specific teachers and building additional infrastructure, which severely strained the school's financial condition. Around 2054/2055 BS, when the Landless Problem Resolution Commission formed by the Government of Nepal was active in the area, discussions were held with adjacent landowners sharing plots with the school. An agreement was reached where landowners currently utilizing half of the unclaimed (ailani) land under the Rehabilitation Company would give the other half to the school, paving the way for official field-book registration. However, due to the indifference of the neighbors and the country being gripped by conflict—preventing police and administrative presence when trying to demarcate the land—the 2057 BS effort ultimately failed. Even when the school recently filed a complaint at the judicial committee of the local Rehabilitation Municipality, summoning all neighboring landowners for discussion, those neighbors responded with threats against the school administration, the Headmaster, and SMC officials, leaving the land demarcation unresolved.

Despite its worsening financial condition, the school took on an additional burden in 2065 BS by obtaining affiliation from the then Higher Secondary Education Council to run Grades 11 and 12 in Education, Social Sciences, and Management streams, rendering the school's financial status extremely fragile and critical. Due to an insufficient number of government-sanctioned and subject-specific positions from primary up to higher secondary levels, the school has had to manage subject teachers, electricity, water supply, and furniture construction/reconstruction using its private source fund. As these expenses far exceed the school's financial capacity, it has fallen into a state of severe economic deprivation. Following the resignation of former Headmaster Ram Narayan Kandel on 2081/08/05 BS, Secondary Second-Class teacher Mr. Binod Kumar K.C. has been serving as the Headmaster and running the school.

Aside from these physical and financial constraints, out of the school's total land area of 0-24-800 square meters, roughly 2 to 3 bighas have fallen victim to encroachment, creating a major economic crisis. Although the school has repeatedly initiated processes to secure landownership certificates (lalpurja), it continues to face significant bureaucratic hurdles from relevant authorities. Geographically, the school is situated in I.B.R.D. Market, located on the western side of Tribhuvanbasti (Rehabilitation Municipality Ward No. 3, Kanchanpur). It is bounded by the I.B.R.D. Market to the east, Radha Krishna Temple to the west, S.P.L. Academy to the north, and Janakbasti (Rehabilitation Municipality Ward No. 4) to the south. Additionally, the Indian market of Basahi is located roughly 3 kilometers to the north. Due to an insufficient dedicated playground, the land on the western side of the school is currently utilized as a sports field. At present, the school features a total of 8 buildings comprising 25 rooms, which include 6 reinforced concrete (paky) buildings, 1 corrugated-sheet roofed pakka building, and 1 corrugated-sheet roofed assembly hall. Among these rooms are 1 office room, 1 computer lab, and 1 library. The school premises feature a playground, a southern boundary wall, and a main gate facing east, with the location being very close to the market center.

परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. 201430190
विद्यालय कोडSchool Code 720080002
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

बालमैत्री विद्यालय वातावरण सिर्जना गर्ने थलोको रुपमा यस विद्यालयको विकास गरिने।

"The school will be developed as a hub for creating a child-friendly school environment."

लक्ष्यMission

विद्यालय उमेरका सबै बालबालिकाहरुको गुणस्तरिय शिक्षामा समन्यायिक पहुच सुनिश्चित गरी बालकेन्द्रित रचनात्मक सिकाई मार्फत उच्चतम सिकाई उपलब्धि गरी प्रतिस्प्रधी तथा लगनशिल जनशक्ति उत्पादन गराई सुरक्षित सिकाई वातावरण मार्फत जिवनोपयोगी शिक्षा व्यवस्था गर्नु।

"To ensure equitable access to quality education for all school-age children, achieve the highest learning outcomes through child-centered creative learning, produce competitive and dedicated human resources, and provide life-skills-based education through a safe learning environment."

मूल्यValues

- दर्घिकालीन रुपमा सफलता हासिल गर्न विभिन्न अभावको गनतव्यबिन्दु पहिचान गरी त्यसलाई दूरदृष्टिको रुपमा उल्लेख गर्ने।

- विद्यालय उमेरका सबै बालबालिकाहरुको गुणस्तरिय शिक्षामा समन्यायिक पहुच सुनिश्चित गर्ने।

- बालकेन्द्रित रचनात्मक सिकाई मार्फत उच्चतम सिकाई उपलब्धि हासिल गर्ने।

- प्रतिस्प्रधी तथा लगनशिल जनशक्ति उत्पादन गर्ने।

- सुरक्षित सिकाई वातावरण मार्फत जिवनोपयोगी शिक्षा व्यवस्था गर्ने।

  • Visionary Approach: Identify existing gaps and challenges to set them as guiding milestones for long-term success.

  • Equitable Access: Ensure fair and inclusive access to quality education for every school-age child.

  • Child-Centred Learning: Foster maximum learning achievements through creative and child-friendly teaching methods.

  • Competent Manpower: Produce capable, dedicated, and globally competitive human resources.

इतिहासOur history

विद्यालयको इतिहासSchool History

इतिहास विवरण थपिएको छैन।History entries coming soon.

Mr. Binod Kumar K.C.
प्रधानाध्यपकको सन्देशPrincipal's message

श्री बिनोद कुमार के.सी.Mr. Binod Kumar K.C.

यस जनकल्याण मा.बि. विद्यालयको सर्वाङ्गीण पक्षको बिकासको लागी स्थानिय तह, प्रदेश तह र केन्द्रिय तह (सघं) को निरन्तर साथ र सहयोगको लागि सम्बन्धित कार्यलयहरुको ध्यानाकर्षण गरि आर्थिक र शैक्षिक लाभको पहुच…For the comprehensive development of Janakalyan Secondary School, I will always remain ready to draw the attention of the concerned offices and facilitate access to economic and educational benefits t…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
Mr. Molam Tamang
अध्यक्षको सन्देशChairman's message

श्री मोलम तामाङMr. Molam Tamang

यस विद्यालयको सर्वाङ्गीण पक्षको विकास र सुधारका लागि विभिन्न योजना र कार्यक्रमहरु संचालन गर्ने र विद्यालय शिक्षामा पहुच सुनिश्चित गर्न गुणस्तर अभिवृद्धि गर्न एवम् संस्थागत सक्षमताको अभिवृद्धि गर्न लक्…For the comprehensive development and improvement of all aspects of this school, by implementing various plans and programs, ensuring access to school education, enhancing quality, and boosting instit…

पूरा सन्देश पढ्नुहोस् →Read full message →