श्री बिनोद कुमार के.सी. - प्रधानाध्यपकMr. Binod Kumar K.C. - Principal
यस जनकल्याण मा.बि. विद्यालयको सर्वाङ्गीण पक्षको बिकासको लागी स्थानिय तह, प्रदेश तह र केन्द्रिय तह (सघं) को निरन्तर साथ र सहयोगको लागि सम्बन्धित कार्यलयहरुको ध्यानाकर्षण गरि आर्थिक र शैक्षिक लाभको पहुचको लागि सदैब तयार रहेने छु । यस विद्यालयको शैक्षिक गतिबिधिलाई उच्चतम तहमा लिन बाल केन्द्रित शैक्षिक निति, गरेर सिक्ने, अधिक्तम प्रदर्शन र अतिरिक्त क्रियाकलापहरुलाई प्राथमिकता राखिएको छ । शिक्षक कर्मचारी, प्र.अ., वि.व्या.स., पि.टि.अ. र अभिभावकहरुको एकरुपता साथै विद्यालयको ऐतिहासिक, सामाजिक, भौतिक, आर्थीक र शैक्षिक पक्षको विस्तृत जानकारीका साथै आगामि वर्षमा शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरु गरिएका छन । यस विद्यालयसँग सम्बन्धित शिक्षकस्टाफ, कर्मचारीमित्र, अभिभावकवर्ग, विद्यार्थी, वि.व्य.स पदाधिकारी तथा स्थानीय एवं प्रदेश सरकारका जनप्रतिनिधिहरु, शिक्षापे्रमी, उद्योगी व्यापारीगणहरुसँग आवश्यक सरसल्लाह र परामर्श गरी विद्यालयका सम्पूर्ण गतिबिधिको मौजूदा अवस्था, निर्माण र सुधारका लागि अति शुक्ष्म ढंङ्गले अध्ययन गरी सकेसम्म बढी मेहनतका साथ प्राप्त सल्लाह र सुझावलाई समेटी यस विद्यालयको शैक्षिक तथा सम्पुर्ण पक्षहरुको विकास निर्माण कार्य गरिएको छ । यस कार्यमा खटिने शिक्षक, कर्मचारी मित्र आवश्यक राय सल्लाह र सुझाव दिनुहुने वि.व्य.स का अध्यक्ष लगायत पदाधिकारीज्यूहरु, स्थानीय तह, प्रदेश सरकारका जनप्रतिनिधिहरुको सहयोगको लागि, म विद्यालयको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।
For the comprehensive development of Janakalyan Secondary School, I will always remain ready to draw the attention of the concerned offices and facilitate access to economic and educational benefits through the continuous support and cooperation of local, provincial, and federal (central) levels of government. To elevate the school's educational activities to the highest level, child-centered educational policies, learning by doing, maximum performance, and extracurricular activities have been prioritized. Along with the unity among teachers, staff, the Headmaster, the School Management Committee (SMC), the PTA, and parents, detailed insights into the school's historical, social, physical, financial, and educational aspects have been considered, and various efforts have been made for future educational reforms. By engaging in necessary discussions and consultations with the school's teaching staff, administrative personnel, parents, students, SMC officials, local and provincial people's representatives, education enthusiasts, and business community members, a meticulous study of the current status, construction, and improvement of all school activities has been conducted. Integrating the feedback and advice received with utmost diligence, the development and construction works covering all aspects of the school have been executed. On behalf of the school, I would like to express my heartfelt gratitude to the teachers, staff members, the SMC Chairperson and officials who provided essential advice and suggestions, and the local and provincial people's representatives for their invaluable cooperation.
